0
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आज मंगलबार अपराह्न ३ बजे बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
बैठकले आवश्यक नीतिगत तथा प्रशासनिक निर्णय गर्नेछ। बैठकको विस्तृत कार्यसूची भने सार्वजनिक गरिएको छैन।