नजिकिदै नाइमा अटो उत्सव: कुन कुन ब्राण्ड सहभागी हुँदैछ, पार्किङको सुविधा के छ ?

0 Shares

काठमाडौं । नजिकिकै गरेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को भव्य तयारी भई रहेको छ । काठमाडौंको भृकुटीमण्डपमा आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने भएको हो । नाइमा अटोमोबाइलको प्रदर्शनीका कारण भृकुटीमण्डपमा गाडीका सौखिनहरु मात्रै होइन आमसर्वसाधरणका लागि समेत उत्सव बन्दै छ ।

नाइमको दोस्रो संस्करणमा दुई पांग्रे र चार पाग्रे गरि ५२ स्टलमा ५५ भन्दा बढी सवारीसाधन ब्रान्डको सहभागिता रहनेछ । बर्षायमको समय भएकाले त्यसलाई मध्यनजर गर्दै नाइमाले प्रदर्शनी हलहरूमा पानी नछिर्ने गरी सुधार गरेको छ । प्रदर्शनी हलहरूमा अवलोकनकर्ताको सुविधाका लागि फराकिलो स्थान छुट्याइने भएको छ । साथै, अपाङ्गतामैत्री प्रदर्शनी हल, हेल्प डेस्कसहित विशेष हेल्प असिस्टेन्सको व्यवस्था गरिएको नाइमाले जनाएको छ ।

अस्तव्यस्त पार्किङलाई पनि मध्यनजर गर्दै प्रर्दशर्नीमा आउने अवलोकनकर्ताको लागि पार्किङका लागि महेन्द्र पुलिस क्लवमा व्यवस्था गरिएको छ, जसका कारण प्रदशर्नीमा आउनेलाई अवलोकन गर्न ढुक्क हुने भएको छ । प्रदर्शनीस्थलमा विशेष आगन्तुक हेल्प डेक्स रहने भएको छ । कोही समस्यामा परेमा वा बिरामी भएमा तत्काल प्राथमिक उपचारको व्यवस्था गरिनेछ भने विशेष उपचारमा हस्पिटल जानुपर्ने भएमा स्पर्टमै एम्बुलेन्स समेत उपलब्ध हुने भएको छ । एम्बुलेन्स सेवाका लागि ग्रान्डी हस्पिटलले नाइमासँग विशेष सहकार्य गरेको छ ।

मोबिलिटी एक्स्पोका लागि नाइमाले अवलोकनकर्ताहरूका लागि सुलभ दरमा टिकटको व्यवस्था गरेको छ । जसमा सर्वसाधारणका लागि प्रतिटिकट २०० रुपैयाँ र विद्यार्थीहरूका लागि जम्मा १०० रुपैयाँ मूल्य तोकिएको नाइमाले जनाएको छ ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन ९प्रोडक्ट० सार्वजनिक गरिनेछ । यसपटकको नाइमा नेपाल मोबिलिटी एक्स्पो प्रदर्शन, सहभागी ब्रान्ड, नयाँ सवारीसाधनको अनावरण तथा अवलोकनकर्ताका लागि उपलब्ध गराइने सुविधाका कारण अझ विशेष बन्ने आयोजक नाइमाले जनाएको छ ।

कुन–कुन ब्रान्ड हुँदै छन् सहभागी ?

चार पांग्रे ब्राण्ड
एआरसीफक्स, बआईसी, बीवाईडी, सिट्रोन, डन्जा, फोर्थिङ, ग्रेटवाल मोटर्स, हेन्री, भोल्टर्स, होन्री बोमा, हुण्डाई, आईकारू, किंया, केआईए, लिपमोटर, महिन्द्रा, म्याक्सस, एमजी–गो अटोमोबाइलस्, एमजी पारामाउन्ट मोटर्स, निसान, ओमोडा एन्ड जेको, प्युजिवट, प्रोटोन, टाटा, टोयटा, विलिङ र जिकर रहेका छन् ।

दुई पाङ्ग्रे ब्राण्ड
अथर, बजाज, सीएफ मोटोरजिन्हो, गर्रो, होन्डा, केरेन, केटीएम, मोरबीडेल्ली, एनआईयू, प्युगोट एन्ड बीजीएस, रोयल इन्फिल्ड, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्टाभ्वाइलेट, याडिया, जेटएक्स मोटोरसीएक्स मोटरसाइकलस् रहेका छन ।

व्यावसायिक (कमर्सियल) सवारीसाधन ब्रान्डहरू
चेरी वान्डा, कारी, किंटोन र स्काइवर्थ रहेका छन् ।

सम्बन्धित समाचार