0
Shares
काठमाडौं । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले अल न्यु निसान टेक्टनलाई नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा पहिलो पटक नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ।
विश्व बजारमा गत जुलाई ९ मा सार्वजनिक भएको टेक्टन प्रिमियम एसयूभी हो। यसमा टर्बो टी१६० पावरट्रेन, ६ एयरब्याग, लेभल–२ एडास, ३६० डिग्री क्यामेरा, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ तथा गुगल बिल्ट–इनजस्ता आधुनिक फिचर समावेश छन्।
कम्पनीका अनुसार टेक्टनले आकर्षक डिजाइन, प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यसम्पादनको संयोजनमार्फत नेपाली ग्राहकलाई नयाँ एसयूभी अनुभव प्रदान गर्नेछ।