काठमाडौँ । विश्वकै अग्रणी विद्युतीय दुईपांग्रे सवारी साधन ब्रान्ड ‘याडिया’ (YADEA) को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर सिरिज भित्र्याउने घोषणा गरेको छ । कम्पनीले GS70, GT70 र G80 मोडलका स्कुटरहरू चाँडै सार्वजनिक गर्ने तयारी गरेको हो ।
नयाँ सिरिजको आगमनसँगै नेपालमा स्मार्ट, दिगो र भरपर्दो विद्युतीय यातायातको प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ। आधुनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै तयार पारिएका यी स्कुटरहरूमा अत्याधुनिक प्रविधि, उन्नत सुरक्षा प्रणाली, स्मार्ट कनेक्टिभिटी, उत्कृष्ट यात्रा दूरी (रेंज) र आकर्षक डिजाइनजस्ता विशेषताहरू समेटिएका छन् ।
दैनिक सहरी आवतजावतदेखि लामो दूरीको यात्रा र उच्च कार्यक्षमता खोज्ने ग्राहकहरूलाई लक्षित गरिएका यी मोडेलहरूले व्यावहारिक, किफायती र वातावरणमैत्री विकल्प प्रदान गर्नेछन् । “GS70, GT70 र GT80 को आगमन नेपालमा ‘याडिया’को यात्राको अर्को महत्वपूर्ण उपलब्धि हो । यी नयाँ मोडेलहरूले उत्कृष्ट प्रदर्शन, सुरक्षा, आराम र स्मार्ट प्रविधिलाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्दै नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता पूरा गर्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछन् ।
यी मोडेलका स्कुटरहरूको प्राविधिक विशेषता, मूल्य, बजारमा उपलब्धता तथा विशेष लन्च अफरसम्बन्धी सम्पूर्ण विवरणहरू आगामी अगस्ट ६, २०२६ मा आयोजना हुने औपचारिक कार्यक्रममार्फत सार्वजनिक गरिने कुजु नेपाल प्रालिले जानकारी दिएको छ ।