काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रान्क्विलिटी स्पाबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले ट्रान्क्विलिटी स्पाका विभिन्न सेवामा छुट सुविधा पाउनेछन्।
सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीले व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत तथा व्यक्तिगत ब्यूटी सेवामा १५ प्रतिशत छुट पाउनेछन्। यस्तै, बैंकमा खाता खोलेका ग्राहकले व्यक्तिगत स्पा सेवामा २० प्रतिशत र व्यक्तिगत ब्यूटी सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्वप्रसाद जोशी र ट्रान्क्विलिटी प्रालिका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोटियाले हस्ताक्षर गरेका छन्। सम्झौता २०८३ साउनदेखि लागू भई दुई वर्षसम्म कायम रहने बैंकले जनाएको छ।
यस सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहक महानुभावलाई थप सुविधा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आएको बैंकले आगामी दिनमा सेवाको विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।