मदिरा बोकेको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु

0 Shares

काठमाडौं । कपिलवस्तुको तौलिहवा बहादुरगंज सडकअन्तर्गत महाराजगञ्ज नगरपालिका २ गैडहवा चोक नजिकै ट्रकले किच्दा तीन जनाको मृत्यु भएको छ ।

बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले पदैलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा एक बालकसहित तीन जनाको मृत्यु भएको हो ।

बुधबार बिहान तीव्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले ठक्कर दिँदा स्थानीय १२ वर्षीय आनन्द कस्यप, महाराजगञ्ज नगरपालिका ३ का ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार