0
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन् ।
लामिछानेले समसामयिक, पछिल्लो राजनीतिक अवस्थासँगै सुनसरी घटनाबारे सर्वदलीय बैठकमा भएको विषयलाई जानकारी गराउन राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
बुधबार बिहान मात्रै लामिछानेले बोलाएको सर्वदलीय बैठकमा दलका नेताहरूबीच छलफल भएको थियो । उक्त बैठकले देशमा भएका पछिल्ला घटनाको शान्तिपूर्ण समाधान गर्ने संयुक्त अपिल गरेको थियो ।