पहिरोमा परी बाबुछोरीको मृत्यु, आमासहित दुई जना घाइते

0 Shares

गण्डकी । पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका ७ भाटवेशीमा बुबा र छोरीको मृत्यु भएको छ ।

आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल ७ भाटवेशी एकै घरका ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरो खसी धन्सारसहितको दुईतले कच्ची घरमा क्षति पुर्याएको उनको भनाइ छ । घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएका छन् ।

उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएका थिए ।

सम्बन्धित समाचार