फ्रान्स र स्पेनमा भीषण डढेलोबाट ३ लाख बढी मानिस विस्थापित

0 Shares

काठमाडौँ । फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । तीव्र हावा र अत्यधिक तापक्रमका कारण डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् ।

फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको डढेलो बोर्डो शहरतर्फ बढिरहेको छ। डढेलो शहरतर्फ बढेसँगै बोरदोको पश्चिममा रहेका सात वटा शहरका बासिन्दालाई रातारात सुरक्षित स्थानमा सारिएको छ । हावाको तीव्र गतिका कारण फ्रान्सको दक्षिण–पश्चिम क्षेत्रमा फैलिएको डढेलो बोर्डो शहरतर्फ अघि बढेको बीबीसीले जनाएको छ । डढेलो शहरतर्फ बढेसँगै बोर्डोको पश्चिममा रहेका सात वटा शहरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

फ्रान्समा शनिबार अबेर थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सर्न आदेश दिइएको थियो । फ्रान्सका अधिकारीहरूले डढेलो अझै नियन्त्रणबाहिर रहेको जनाउँदै बोर्डोबाट करिब ४० देखि ५० किलोमिटर टाढासम्म आगो फैलिएको बताएका छन् । धुवाँ शहरसम्म पुगेपछि बासिन्दाले हावामा तीव्र धुवाँको गन्ध महसुस गरेका छन्।

डढेलो नियन्त्रणका लागि फ्रान्सले सेना परिचालन गरेको छ भने झाडी फाँड्ने र आगो फैलिन नदिन अवरोध निर्माण गर्ने कार्य भइरहेको छ । फ्रान्समा सन् २०२६ को शुरूदेखि हालसम्म ९८ हजार हेक्टरभन्दा बढी क्षेत्र डढेलोले नष्ट गरिसकेको जनाइएको छ।

उता, संकटकाल घोषणा गरिएको स्पेनमा भने म्याड्रिड र अभिला क्षेत्रमा मात्रै करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । २८ हजारभन्दा बढी अझै घरभित्रै बस्न बाध्य छन् । स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले समय जटिल रहेको स्वीकार गरे ।

उनका अनुसार यस वर्ष स्पेनमा हालसम्म एक लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेको छ, जुन पछिल्लो दशकको वार्षिक औसत एक लाख हेक्टरभन्दा बढी हो । यसैबीच, भ्यालेन्सियाका अधिकारीहरूले डढेलोमा परेर एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार करिब ७० वर्षका ती पुरुष मानिसेसको साल्ट दे लुआइगुआ खोंचमा दमकलकर्मीहरूले आगो निभाउने क्रममा आफ्नै कारभित्र मृत भेटिएका थिए।

सम्बन्धित समाचार