काठमाडौं । गएको शुक्रबार तोलामा ५ हजार ८ सय घटेको सुनको भाउ आज बढेको छ।
तोलामा १ हजार ६ सय रुपैयाँ बढेर सुनको भाउ आज २ लाख ८७ हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेर दुई लाख ८५ हजार ५ सयमा झरेको थियो।
त्यसअघि बिहीबार सुनको भाउ हिजो तोलामा ३ सय रुपैयाँ बढेर २ लाख ९१ हजार ३ सय कायम भएको थियो। बुधबार सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ बढेर ४ हजार ४ सय १० रुपैयाँ पुगेको छ। शुक्रबार १५५ रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ३५० मा झरेको थियो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।