काठमाडौँ । शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेडमी नोट १७ सिरिज सार्वजनिक गरेको छ । नयाँ सिरिजमा रेडमी नोट १७, रेडमी नोट १७ ५जी, रेडमी नोट १७ प्रो ५जी र रेडमी नोट १७ प्रो म्याक्स ५जी रहेका छन् । लामो समयसम्म चल्ने ब्याट्रीका कारण बारम्बार चार्जर बोक्नुपर्ने झन्झट कम हुने कम्पनीले जनाएको छ । रेडमी नोट १७ र नोट १७ ५जीमा ७,७०० एमएएच क्षमताको ब्याट्री र ४५ वाट टर्बो चार्जिङ दिइएको छ ।
त्यस्तै, रेडमी नोट १७ प्रो ५जीमा ८,३४० एमएएच ब्याट्री र ६७ वाट हाइपरचार्ज रहेको छ । रेडमी नोट १७ प्रो म्याक्स ५जीमा भने १०,००० एमएएच क्षमताको ठूलो ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा रहेको छ। कम्पनीका अनुसार यसको ब्याट्री एकपटक पूर्ण चार्ज गर्दा ७२ घण्टासम्म प्रयोग गर्न सकिन्छ । साथै, २० मिनेट चार्ज गर्दा एक दिनसम्म प्रयोग गर्न पुग्ने ब्याट्री क्षमता प्राप्त हुने कम्पनीको दाबी छ। सिरिजमा समावेश रेडमी टाइटन ब्याट्री सिस्टमले ब्याट्रीको आयु बढाउनुका साथै ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।
प्रो मोडलमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा अधिकतम ३,५०० निट्ससम्मको ब्राइटनेस रहेको छ। त्यस्तै, रेडमी नोट १७ र नोट १७ ५जीमा ६.९९ इन्चको एफएचडी प्लस एमोलेड डिस्प्ले दिइएको छ। क्यामेरातर्फ, रेडमी नोट १७ र नोट १७ ५जीमा ५० मेगापिक्सेल मुख्य क्यामेरा र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । रेडमी नोट १७ प्रो ५जीमा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा–वाइड र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ ।
त्यस्तै, रेडमी नोट १७ प्रो म्याक्स ५जीमा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा–वाइड र ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ । प्रो मोडलहरू रेडमी टाइटन स्ट्रक्चर सहित निर्माण गरिएका छन्। यी मोडलमा धुलो तथा पानीबाट सुरक्षाका लागि आईपी६६, आईपी६८, आईपी६९ र आईपी६९के स्तरको सुरक्षा रहेको छ ।
रेडमी नोट १७ र नोट १७ ५जीमा भने आईपी६५ स्तरको सुरक्षा दिइएको छ । कार्यक्षमताका लागि सिरिजका विभिन्न मोडलमा स्न्यापड्रागन ६ जेन ५, स्न्यापड्रागन ६एस जेन ४, स्न्यापड्रागन ६एस ४जी जेन २ र स्न्यापड्रागन ४ जेन ४ चिपसेट प्रयोग गरिएको छ ।
नेपालमा रेडमी नोट १७ सिरिजका विभिन्न भेरियन्टको मूल्य रेडमी नोट १७ को ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेजका लागि ४२ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेजका लागि ४७ हजार ९९९ रुपैयाँ तोकिएको छ । रेडमी नोट १७ ५जीको ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ४७ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ रहेको छ ।
रेडमी नोट १७ प्रो ५जीको ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५७ हजार ९९९ रुपैयाँ र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै, रेडमी नोट १७ प्रो म्याक्स ५जीको ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६९ हजार ९९९ रुपैयाँ र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ७९ हजार ९९९ रुपैयाँ रहेको छ ।
रेडमी नोट १७ र नोट १७ ५जी सेलेस्टियल पर्पल, स्काई टिल र ब्ल्याक रङमा उपलब्ध छन् । रेडमी नोट १७ प्रो ५जी स्काई ब्लु, साटिन ओरेन्ज, पर्पल र ब्ल्याक रङमा उपलब्ध छ भने प्रो म्याक्स ५जी क्लाउड ब्लस, ग्रिन, पर्पल र ब्ल्याक रङमा उपलब्ध हुनेछ । रेडमी नोट १७ प्रो सिरिज खरिद गर्ने ग्राहकले २ हजार ४९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले निःशुल्क प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार यो अफर फोन सार्वजनिक भएको मितिदेखि सेप्टेम्बरको अन्त्यसम्म लागू हुनेछ। ग्राहकले नेपालभरका आधिकारिक बिक्रेतामार्फत नागरिकता प्रस्तुत गरी डाउन पेमेन्ट गरेपछि शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधा पनि लिन सक्नेछन् ।
शाओमी कर्पोरेसनको स्थापना अप्रिल २०१० मा भएको हो। कम्पनी सन् २०१८ जुलाई ९ मा हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । शाओमी स्मार्टफोन, स्मार्ट हार्डवेयर र स्मार्ट विद्युतीय सवारीसाधनसहित आईओटी प्रविधिमा आधारित उपभोक्ता विद्युतीय सामग्री तथा स्मार्ट उत्पादनमा केन्द्रित विश्वव्यापी कम्पनी हो ।
कम्पनीका अनुसार डिसेम्बर २०२५ सम्म विश्वभर शाओमीका स्मार्टफोन तथा ट्याब्लेटका मासिक सक्रिय प्रयोगकर्ता ७५४.१ मिलियन पुगेका थिए । त्यस्तै, स्मार्टफोन, ल्यापटप र ट्याब्लेटबाहेक शाओमीको आईओटी प्लेटफर्ममा जोडिएका उपकरणको संख्या १.०७९२ अर्ब पुगेको थियो ।
सन् २०२३ अक्टोबरमा शाओमीले व्यक्तिगत उपकरण, स्मार्ट होम र सवारीसाधनलाई एकीकृत गर्ने ‘ह्युमन × कार × होम’ स्मार्ट इकोसिस्टम रणनीति अघि सारेको थियो । कम्पनीका अनुसार सन् २०२६ फेब्रुअरीसम्म शाओमीका विद्युतीय सवारीसाधनको डेलिभरी संख्या ६ लाखभन्दा बढी पुगेको छ ।
शाओमीका उत्पादनहरू विश्वका १०० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन् । कम्पनीका अनुसार सन् २०२६ मा शाओमी लगातार आठौँ पटक फर्च्युन ग्लोबल ५०० को सूचीमा परेको छ र २३२ औँ स्थानमा रहेको छ ।