कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको विकल्पमा तिलकुमार

0 Shares

काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको विकल्प खोज्ने बारे छलफल भइरहेको छ । कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङबोलाई एमालेले अगाडि सार्ने तयारी गरेको हो। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सत्ता समीकरण गर्ने टुङ्गो लागेपछि कोशीमा हिक्मतको विकल्प खोज्न लागेको बताइन्छ ।

तिलकुमार आफू मुख्यमन्त्री बन्ने विषयमा लगभग सहमति जुटिसकेको दाबी गर्छन् “छलफल चलिरहेको छ छिट्टै नै टुङ्गो लाग्छ मलाई तयारी हुनुस् भनेको अवस्था देखिन्छ।” उनले भने,”म ढुक्क छु । चाँडै फाइनल हुन्छ ।” केपी शर्मा ओली निकट रहेका हिक्मत कार्कीको विकल्प खोज्ने विषयमा नेतृत्व पनि लगभग सहमत रहेको बताइन्छ ।

कोशिका सचेतक रमेश बस्नेत भने यसबारे अन्तिम टुङ्गो नलागिसकेको जानकारी दिन्छन् । मेनेङ्गो ताप्लेजुङका नेता हुन् । कोशीमा एमालेले भाग पाउने टुङ्गो भइसकेको छ ।

सम्बन्धित समाचार