निर्धारित समयसम्म बराबरीमा सकियो स्पेन र अर्जेन्टिना

0 Shares
Nico Williams of Spain celebrates scoring his team's third goal with teammate Lamine Yamal during a UEFA EURO 2024 match.

काठमाडौं । साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीचको फिफा विश्वकप २०२६ को उपाधि भिडन्त निर्धारित समय गोलरहित बराबरीमा सकिएको छ । खेलको इन्जुरी समयमा अर्जेन्टिनाको एन्जो फर्नान्डेजले रातो कार्ड पाएर बाहिरिए ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा जारी खेलको मध्यान्तरसम्म दुवै टोलीले गोलरहित बराबरी खेलका हुन् । विश्वकपको उपाधि भिडन्तमा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । स्पेन पनि १६ वर्षपछि विश्वकपको उपाधि जित्ने दौडमा छ ।

अर्जेन्टिना छैटौँपटक फाइनलमा पुगेको हो । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ को विश्वकपको उपाधि जितेको हो । सन् २०१० को विश्वकपको उपाधि जितेको स्पेन १६ वर्षपछि पुनः उपाधि हासिल गर्ने लक्ष्यका साथ प्रतिस्पर्धा गरिरहेको छ ।

सम्बन्धित समाचार