कर्णालीका मुख्यमन्त्री कँडेलले चार मन्त्रालय आफैँले सम्हाल्ने

0 Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् हेरफेर गर्दै चार मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने भएका छन्। नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले बुधवार राजीनामा दिएपछि मुख्यमन्त्री कँडेलले उनीहरूले सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने निर्णय गरेका हुन्। यसका लागि उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश प्रमुखसमक्ष नियुक्ति, हेरफेर र कार्यविभाजनको सिफारिस गरेका छन्।

सिफारिसअनुसार मुख्यमन्त्री कँडेलले सामाजिक विकास, आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैँ सम्हाल्नेछन्।

यसअघि आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पदबाट राजीनामा दिएका थिए।

सम्बन्धित समाचार