दिगो बैंकिङ प्रवर्द्धन गर्न कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

0 Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड ले दिगो बैंकिङ अभ्यास प्रवर्द्धन गर्न जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ सँग रणनीतिक परियोजना सम्झौता गरेको छ।

जर्मनीको सङ्घीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित एसियाली क्षेत्रीय कार्यक्रमअन्तर्गत वित्तीय क्षेत्रको सामाजिक तथा वातावरणीय रूपान्तरण अभियानमा सहभागी हुने उद्देश्यले उक्त साझेदारी गरिएको बैंकले जनाएको छ।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्न ले हस्ताक्षर गरेका छन्।

साझेदारीअन्तर्गत दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्न दुई चरणको कार्ययोजना अघि बढाइने भएको छ। यसमार्फत हरित बैंकिङ, न्यून कार्बन उत्सर्जन र दिगो तथा उत्थानशील उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेल का अनुसार साझेदार संस्थाको प्राविधिक सहयोग र नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी को मार्गदर्शनमा बैंकले दिगो बैंकिङ अभ्यासलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्दै लैजानेछ।

सम्झौताअनुसार डच स्पार्कासेनस्टिफ्टुङले ‘ईएसजी रिस्क राडार’ र ‘सस्टेनेबल फाइनान्स कम्पास’ लगायतका प्राविधिक उपकरणमार्फत सहयोग गर्नेछ। साथै ग्रामीण क्षेत्र तथा साना तथा मझौला उद्यमको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ।

कुमारी बैंकले आफ्नो देशव्यापी सञ्जालमार्फत यो पहललाई विस्तार गर्ने जनाएको छ। बैंकका अनुसार हाल २८६ शाखा, ३०३ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ र १ हजारभन्दा बढी पीओएस टर्मिनलमार्फत सेवा दिइरहेको छ।

बैंकले ग्राहक केन्द्रित सेवा, पारदर्शिता र सुशासनमा आधारित यस सहकार्यले नेपालको दिगो आर्थिक विकास, हरित वित्त विस्तार र जलवायु उत्थानशील अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार