नाडाको स्वर्ण उत्सव: २३औं अधिवेशन सम्पन्न

0 Shares

काठमाडौं। अटो व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) स्थापनाको ५० वर्ष पुगेको छ। २०३२ मा विधिवत् सुरुआत भएको नाडा आईएसओ ९००१ः२०१५ क्यूएमएस सर्टिफाइड अर्गनाइजेनस हो।

२०३२ मा स्व. तोलाराम दुगडले काठमाडौं जिल्लामा स्थापना गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्थापनाको ५० वर्षसम्म संगठन विस्तारमा फड्को मारेको छ। संस्था ७७ वटै जिल्ला र सात वटै प्रदेशमा विस्तार भइसकेको छ। अटो बजारका रूपमा स्थापित नाडामा हाल अध्यक्ष सुरेन्द्रकुमार उप्रेती रहेका छन्।

स्वर्ण उत्सव अवसरमा नाडाले पूर्वअध्यक्षहरुलाई विशेष सम्मान गरेको छ भने साताव्यापी रुपमा राजधानी र ७ वटै प्रदेशमा विविध कार्यक्रम सञ्चालन गरिनेछ। नाडाले ऐतिहासिक स्वर्ण उत्सव विविध कार्यक्रम गरी मनाइरहेको अध्यक्ष उप्रेतीले बताए। उनका अनुसार नाडा अहिले संस्था मात्र नभई मुलुकको अटो मोबाइल क्षेत्रको मुख्य आधार बनेको छ।

५० वर्षको अवधिमा नाडाले २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने अहिलेसम्म २१ जना अध्यक्षहरुले संस्थाको सफल नेतृत्व सम्हालेका छन्। यस अवधिमा नाडाको वार्षिक प्रकाशनको रुपमा ३६औं संस्करणको नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री र ५१औं संस्करणको नाडा अटो न्यूजसमेत प्रकाशित गरिसकेको छ। अहिलेसम्म १८औं संस्करणको नाडा अटो ड्राइभ क्यालेन्डर प्रकाशित गरेको छ।

आगामी भदौमा १८औं संस्करणको नाडा अटो सो आयोजना गर्ने तयारी छ। नाडा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संघमध्ये उत्कृष्ट वस्तुगत एसोसिएसनको पुरस्कारबाट पटक–पटक सम्मानित भइसकेको छ।

नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रुपमा विभिन्न सामाजिक महत्वका कार्यक्रम सम्पन्न गर्दै विभिन्न राष्ट्रिय विपत्तिमा सहयोगी भूमिका वहन गर्दै आएको महासचिव मिलनबाबु मल्लले बताए।

नाडाको स्वर्ण महोत्सव उद्घाटन आज नेपाल उद्योग वाण्ज्यि महासंघ अध्यक्ष अन्जन श्रेष्ठले गरे।

नाडाले ऐतिहासिक स्वर्ण उत्सवलाई सम्झनायोग्य बनाउन दशरथ रंगशाला त्रिपुरेश्वरदेखि होटल याक एन्ड यती दरबारमार्गसम्म विभिन्न विशिष्ट व्यक्तित्व, नाडा केन्द्रीय कार्यसमिति पदाधिकारी तथा सदस्य, नाडाका पूर्वअध्यक्षहरु, सदस्य कम्पनीका प्रतिनिधि सहभागी थिए।

सम्बन्धित समाचार