0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि आज भएको मतदानमा ७८९ मत प्राप्त गर्दै उनी निर्वाचित भएकी हुन् ।
सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत मात्रै पाइन् । पदाधिकारीका लागि भएको मतदानमा एक हजार २८९ मत खसेको थियो ।
रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि, प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो । गत ७ असारदेखि सुरु भएको महाधिवेशन पदाधिकारीको टुंगो लागेपछि सकिने छ ।