प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रास्वपा, पूर्ण समानुपातिक निर्वाचन प्रणाली

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेको स्पष्ट पारेका छन् । रास्वपा महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक भएको उल्लेख गरेका हुन् ।

‘संविधानमाथि हाम्रा केही फरक धारणा छन् जुन हामीले पार्टी स्थापनादेखि नै राख्दै आएका छौँ। हामी स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा छौँ,’ उनको प्रतिवेदनमा उल्लेख छ ।

साथै, रास्वपा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उनले पेश गरेको प्रतिवेदनमा उल्लेख छ । उनले भनेका छन्, ‘हामी अहिलेको अत्यन्त महँगो निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा छौँ। जसले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरोस्, हामी अहिलेको राष्ट्रिय सभालाई गैर–दलीय विशेषज्ञ सभा बनाउन र उपराष्ट्रपतिलाई सभाअध्यक्ष बनाउने पक्षमा छौँ, त्यसै गरी हामी प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाका पक्षमा छौँ।’

संविधान जारी हुँदा नै एक दशकमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको अहिले रास्वपाको सरकारले त्यसलाई आत्मसाथ गरेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

सम्बन्धित समाचार