रास्वपा महाधिवेशनको बन्दसत्रको तयारी सुरु

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्द सत्र सुरू भएको छ। दिउँसो २ बजेदेखि बन्द सत्र सुरू हुने भनिए पनि सवा घन्टा ढिला गरी बन्द सत्र सुरू भएको हो।

सभापति रवि लामिछाने आएसँगै बन्द सत्र सुरू भएको छ। बन्द सत्रमा राजनीतिक, सांगठनिकलगायत विभिन्न प्रतिवेदनहरूमाथि छलफल हुनेछ। प्रधानमन्त्रीसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन शाह भने बन्द सत्र हलमा आइसकेका छैनन्।

प्रतिनिधि विवाद हुँदा रास्वपा बन्द सत्र सुरू हुन ढिलाइ भइरहेको थियो।

सम्बन्धित समाचार