पूर्वअर्थ मन्त्री पौडेल रातारात काठमाडौं ल्याइँदै

0 Shares

काठमाडौं । पूर्वअर्थ मन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज पुर्याइएको छ। प्रहरीले पक्राउ गरेसँगै उनलाई रातारात काठमाडौं ल्याउने गरी नेपालगञ्ज लगिएको हो।

एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी भएका उनलाई आज प्रहरीले पक्राउ गरेको थियो। सुर्खेतबाट काठमाडौंका लागि सीधा हवाई उडान उपलब्ध नभएपछि प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज लगिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएपछि उनी पक्राउ परेका हुन् ।

सम्बन्धित समाचार