काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा आउँछ र वालेन्द्रले राजा ल्याउँछन् भनेर पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले भोट हालेको दाबी गरेका छन् ।
रास्वपा महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताको निराशा चिर्दै काम गर्नुपर्ने उल्लेख गरे । उनले राजनीति दल संगठनको सीमाभन्दा बाहिर निस्केर जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत हालेको स्मरण गरे ।
‘नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि यहीँ गएको छ । अघि सिके राउतले भन्दै हुनुहुन्थ्यो, जनमत पार्टीको पनि भोट छ तपाईहरुलाई भनेर यहाँ नेपालमा राजा चाहिन्छ भन्नेको पनि भोट छ । राप्रपामा भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर तपाईँहरूलाई भोट दिएका छन् । त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ,’ उनले भने ।
‘यसपालिको चुनावमा कुन राजनीतिक दलको नेताले काम गर्यो कुन संगठनले काम गर्यो यसपालिको चुनाव यस्तो भयो, न पैसाले काम गर्यो, न संगठनले १ एउटा यस्तो राजनीतिजल जसले देशभरि संगठन विस्तार गरेको छैन वडामा संगठन पुर्याएको छैन तर उसलाई जनताले दुई तिहाई मत दिए,’ उनले भने ।