नेकपाका सांसद हमालको माग विश्व कप निशूल्क हेर्न पाउनुपर्छ

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद प्रमेश हमालले हाल जारी फिफा विश्वकप२०२६ निःशुल्क हेर्न पाउनु पर्ने माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आफ्ना धारणा राख्दै उनले विश्वकप हेर्न नौसय ९९ रुपैयाँ तिर्नु परिरहेको भन्दै बिरोध गरे।

‘विश्वकप हेर्दा मनपरी रूपमा पैसा असुलिएको छ,’ उनले भने, ‘अब त मनोपोलीले आम्दानी पनि भइसक्यो होला, नेपाल सरकारले आफ्नो टेलिभिजन च्यानलबाट नागरिकले विश्वकप हेर्न पाउने व्यवस्था गरोस्।’ सांसद हमालले गएको जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‍मा बोलेको भनाई रेकर्डबाट हटाउन पनि माग गरे।

‘प्रधानमन्त्रीको भनाई हटाइयोस् यतिका दिनसम्म हामीले विरोध गर्दा पनि सभामुखले बेवास्ता गरिरहनु भएको छ,’ हमालले भने, ‘यो विषय गम्भीर छ।’ उनले परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा रहेको प्रसंग उल्लेख गर्दै नेपालको सीमाको विषयमा चीनसँग कुरा गर्न माग गर।

उनले दार्चुलामा सैनिक हेलिकोप्टर विनाअनुमति नेपाली आकाशमा उडेको, सुस्तामा भारतीय सीमा सुरक्षा वल प्रवेश गरेको र चिया उद्योगहरु बन्द भएको विषयमा पनि सरकारको धारणा माग गर।

 

सम्बन्धित समाचार