0
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो पोस्ट फेरि चर्चाको केन्द्र बनेको छ। कालो पहिरनमा देखिएका शाहले दुई मन्त्रीसँग अँगालो हाल्दै खिचिएको तस्बिर सेयर गर्दै ‘देश बनाउने टोली’ लेखेका छन् ।
पोस्टमा उनले छोटकरीमा प्रधानमन्त्री, गृह मन्त्री र पूर्वाधार मन्त्री भन्ने लेखेका छन् । तस्बिरमा प्रधानमन्त्रीको दायाँपट्टि भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र बायाँपट्टि हालै पुनर्बहाली भएका गृहमन्त्री सुधन गुरुङ देखिन्छन्।
यसअघि पनि शाहले आफ्नो फेसबुकमार्फत छोटा तर संकेतात्मक स्टाटसहरू लेख्दै आएका थिए । हिजो मात्रै उनले आफ्नो फेभरेट देशले विश्वकप नखेलेको भन्दै गरेको पोस्ट पनि सामाजिक सञ्जालमा चर्चामा आएको थियो ।