0
Shares
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघिको कारोबार दिन सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ८४० रुपैयाँमा स्थिर रहेको थियो । आज चाँदीको मूल्यमा ५५ रुपैयाँको बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।