परराष्ट्रमन्त्रीले भने- प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छन्

0 Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको विषयमा संसद बैठकमा स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अकुपेसनसँग सम्बन्धित रहेको उनको दाबी छ ।

आज संसद बैठकमा सभामुखसँग समय लिएर बोल्दै परराष्ट्रमन्त्री खनालले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे बोलेका हुन् । विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मागसहित संसद अवरोध गर्दै आएका थिए ।

खनालले भने, ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ । एक देशका नागरिकले अर्को देशको जग्गामा खेतीपाती र बसोबास गरिरहेको अवस्थालाई उहाँले ईंगित गर्नुभएको हो । यसको समाधानका लागि नेपाल इन्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेका छन् ।’

विभिन्न अध्ययनले हाल नेपालको उपभोगमा रहेको जग्गा भारततर्फ र भारतको उपभोगमा रहेको जग्गा नेपालतर्फ रहेको देखाएको दाबी खनालले गरे ।

सम्बन्धित समाचार