काठमाडौं । टेलिभिजन सेवा प्रदायक DishHome ले फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण केवल HD (High Definition) Set-Top Box मार्फत मात्र उपलब्ध हुने जनाएको छ। कम्पनीले हाल प्रयोगमा रहेका केही SD (Standard Definition) Set-Top Box हरूले विश्वकप प्रसारण समर्थन नगर्ने भएकाले ग्राहकलाई समयमै HD बक्समा स्तरोन्नति (Upgrade) गर्न अनुरोध गरेको छ।
कम्पनीका अनुसार सेट-टप बक्सको पछाडिको भागमा “DH-SD-0215” लेखिएको मोडेल भएमा उक्त बक्सले फिफा विश्वकप २०२६ को प्रसारण समर्थन गर्दैन। त्यसैले ग्राहकहरूले आफ्नो बक्सको मोडेल नम्बर जाँच गरी आवश्यक परे HD सेट-टप बक्समा अपग्रेड गर्नुपर्नेछ।
विश्वकप हेर्न चाहने ग्राहकले अपग्रेडसम्बन्धी थप जानकारी तथा सेवा लिन नजिकको DishHome डिलरसँग सम्पर्क गर्न वा कम्पनीको टोल-फ्री नम्बर 1660-01-22000 मा फोन गर्न सक्ने कम्पनीले जनाएको छ।
फिफा विश्वकप २०२६ को प्रसारण नेपालमा DishHome तथा DGO एपमार्फत उपलब्ध हुने व्यवस्था गरिएको छ। कम्पनीले सबै खेलहरू उच्च गुणस्तरको HD प्रसारणमा उपलब्ध गराउने जनाएको छ।
ग्राहकलाई असुविधा हुनसक्ने अवस्थाप्रति क्षमायाचना गर्दै DishHome ले विश्वकप सुरु हुनुअघि नै आवश्यक प्राविधिक तयारी पूरा गर्न आग्रह गरेको छ।
