सुन चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदै छ कारोबार?

0 Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले गिरावट आएको छ ।

जसअनुसार आज सुनको मूल्य प्रतितोलामा दुई लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार