‘खजुरे ब्रो’ मार्फत अभिनयमा डेब्यु गरेकी नीतिलाई पहिलो फिल्मबाटै असफलता

0 Shares

काठमाडौँ । कलाकारको करियरमा फिल्मको सफलता र असफलताले ठुलो अर्थ राख्छ । सफलताले करियर अगाडि बढाउन सहज हुन्छ, भने असफलताले कठिन ।

अझ डेब्यु कलाकारको लागि पहिलो फिल्मको सफलताले ठुलो प्रभाव पार्छ । पहिलो फिल्ममा सफलता र अभिनय चर्चा केही पनि भएन भने के होला ? यो महसुस यतिबेला अभिनेत्री नीति शाहले जति अरू कसले गरेको होला र ?

ठुलै संघर्षपछि फिल्म ‘खजुरे ब्रो’ मार्फत अभिनयमा डेब्यु गरेकी नीतिले पहिलो फिल्मबाटै असफलता ब्यहोर्नु पर्‍यो । न फिल्ममा उनले गरेको अभिनय चर्चा नै भयो । फिल्ममा उनको उपस्थिति शो पिस भन्दै उल्टै आलोचना समेत भए । कतिपयले त उनको चर्चा क्यास गर्न मात्र फिल्म लिएको प्रतिक्रिया दिए ।

हुन पनि फिल्ममा उनको उपस्थिति शो पिसको रूपमा मात्र थियो । पहिले अनुबन्धित भएका केही फिल्म नबनेपछि उनले ‘खजुरे ब्रो’ डेब्युका लागि मात्र गरेको देखिन्छ । नीतिको आगामी करियरका लागि यो फिल्मको व्यावसायिक सफलता र अभिनयको प्रशंसा आवश्यक थियो । तर, पहिलो गाँसमै ढुंगा भने झैँ फिल्मले निर्माताको लगानी सुरक्षित गर्ने देखिएन । न उनले अभिनयबाटै चर्चा पाउन सकिनन् ।

हुन त नीतिले यो फिल्मबाट धेरै आस पनि गरेकी थिइनन् । किनभने फिल्मको प्रचारमा व्यवसाय जे भएपनि आफ्ना लागि डेब्यु गर्ने अवसर महत्त्वपूर्ण भएको उनले बताएकी थिइन् । फिल्ममा उनीसँगै रेअर राई, महेश त्रिपाठी लगायतको अभिनय रहेको छ ।

सम्बन्धित समाचार