जेठ १ गते शुक्रबारको तपाईको दिन कति शुभ?

0 Shares

आज मिति २०८३ जेठ १ गते शुक्रबार । सन् २०२६ मे १५ तारिख । नेपाल सम्बत ११४६ वछलागा त्रयोदशी तिथि । आज बिहान ५ बजेर १६ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ४६ मिनेटमा अस्ताउने छ । अब सुरू गरौँ आजको राशिफलः

मेष

सेवामूलक कार्य वा परोपकारबाट प्रतिष्ठा मिल्ने समय छ । सोचेका काम बिस्तारै बन्नेछन् । नाम, दाम र इनाम मिल्ने योग छ । आज स्वास्थ्य भने केही कमजोर रहला । साझेदारीको काम स्थगित हुनाले मन खिन्न रहला । लगनशील बन्न नसक्दा आलोचनाको शिकार बन्नुपर्ने देखिन्छ ।

बृष

मिश्रित फलदायी समय छ । सुख सुविधाको बस्तु खरिदमा खर्च वृद्धि हुनसक्छ । सानातिना काम तथा घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । अर्थ अभावले महत्वपूर्ण योजना स्थगित हुन सक्छ । तापनि प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । भूमिसम्बन्धी तथा पैत्रिक सम्पत्तिमा विवाद आउने योग छ ।

मिथुन

मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । भौतिक साधन जुट्नेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा होला । साझेदारीको व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । तथापि, इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउने छ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ ।

कर्कट

नियमित कार्यमा विशेष सफलता प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्न सकिनेछ । नयाँ व्यवसायले दीर्घकालिक लाभ दिनेछ । आज आर्थिक कारोबार राम्रै हुने देखिन्छ ।

सिंह

अरूको दबाबमा परे पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वसँग निकटता बढ्ने समय छ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रशन्न रहला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्ने छ ।

कन्या

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने समय छ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्ने देखिन्छ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्नु हितकर होला । अप्रिय समाचारले मन खिन्न तुल्याउने योग पनि छ ।

तुला

नयाँ योजना बन्ने छन् भने पुरानो समस्या सुल्झाउन सकिने समय छ । रोकिएको काम दोहोऱ्याएर गर्दा लाभ मिल्नेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ, ध्यान राख्नुहोला । स्थायी सम्पत्तिमा विवाद आउनसक्ने योग छ । धैर्यसाथ काममा जुट्नु उचित हुनेछ ।

वृश्चिक

विभिन्न अवसरले पछ्याउने समय भएपनि व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहन सक्छ । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला, तापनि बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिने छ ।

धनु

खर्च लागे पनि दिगो आयस्रोत जुटाउन सकिने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिने छन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ, सबल स्वास्थ्यका लागि सतर्क रहनुपर्ने छ । नियमित कार्यमा जाँगर नचलेपनि जिम्मेवारी भने बढिरहने देखिन्छ ।

मकर

आजको दिन बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च पनि वृद्धि हुने देखिन्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजगता अपनाउनुहोला । जोखिम बढ्ने तथा खर्चको तुलनामा कममात्र फाइदा हुने योग छ ।

कुम्भ

व्यावसायिक आम्दानी बढ्ने र पछिसम्म फाइदा हुने कार्य प्रारम्भ गर्न सकिने समय छ । अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ ।

मीन

बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । अध्ययन–अध्यापनमा समय दिन नसकिएला । लेनदेनको विवादले हानी गर्न सक्छ, आजको दिन आर्थिक कारोबार सकभर नगर्नु उचित हुनेछ । पुराना समस्या दोहोरिन सक्छन् ।

सम्बन्धित समाचार