आज मिति २०८३ वैशाख ३१ गते बिहीबार । सन् २०२६ मे १४ तारिख । नेपाल सम्बत ११४६ वछलागा द्वादशी तिथि । आज बिहान ५ बजेर १७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ४५ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आजको दिन महत्वपूर्ण कार्यमा सफलता प्राप्त हुनेछ । नियमित काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनसक्ने योगका कारण आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ । सोचेकोे काम समयमै सम्पन्न हुन अतिरिक्त शक्ति खर्चनुपर्ला ।
बृष
दौडधुप बढे पनि परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । कृषिक्षेत्रबाट लाभ लिन अलिक बढी नै परिश्रम र लगानी गर्नुपर्ला । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउने छ । सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । आरोग्य बल बढ्ने छ ।
मिथुन
आजको दिन विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जांगर थपिने देखिन्छ । पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ । ब्यापार-व्यवसायमा फाइदाकै योग छ । दाम्पत्यसुख बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
कर्कट
दिन चुनौतीयुक्त रहने देखिन्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने देखिन्न । निरर्थक काममा श्रम लगाएर ब्यर्थै समयको नाश होला । मनमा उदासिनता बढ्ने सम्भावना छ । काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् । विश्वास गरेकाले धोका दिने सम्भावना रहेकाले सवधानी अपनाउनु उचित होला ।
सिंह
वौद्धिक र रचनात्मक कार्य बन्ने समय भए पनि मनमा दुविधा रहन सक्छ । सामाजिक काममा नाम रहने छ, तर जागिरमा भने सजक रहनु उचित होला । स्वास्थ्यका दृष्टिकोणले दिन राम्रो छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
कन्या
प्रेम र मित्रताको बन्धन कसिने समय छ । विभिन्न सहयोग र उपहार पाइएला । महत्वपूर्ण काम बन्नाले मन रमाृउला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । पराक्रम वृद्धि हुनेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
तुला
नसोचेको काम बन्ने र परोपकारको क्षेत्रमा मन आकर्षित हुने समय छ । मिष्ठान्न भोजनको अवसर आउनेछ भने मित्रजनहरूसंग पनि रमाइलो भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुने देखिन्छ । मान–महत्व बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । अनुकूलता वृद्धि होला ।
वृश्चिक
दिन केही चुनौतीयुक्त छ । महत्वपूर्ण कार्यहरू थाती राख्नु उचित हुनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाशको योग छ, सजग रहनुहोला । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । सबल स्वास्थ्यको लागि खानपानमा सचेत रहनुपर्नेछ । अनावश्यक झमेलाबाट जोगिने प्रयास गर्नु होला ।
धनु
शुभदायी समय छ । महत्वपूर्ण व्यक्तिको साथ–सहयोगले धनजनमा वृद्धि हुने योग छ । मित्रजनबाट समर्थन पाइएला । ठुला ब्यक्तिसंगको भेटघाट फलदायी हुनसक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । सकारात्मक तर अनौठो खबर सुन्न पाइएला । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ ।
मकर
थाती रहेका कामहरू सम्पन्न हुनसक्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । आयआर्जन हुने दिन छ । सुखद यात्राको सम्भावना छ । डुबेको धन उठ्नसक्ने योग छ । आरोग्यता रहनेछ । कर्मबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
कुम्भ
घरमा पाहुना आगमनको दिन छ । साथै रमाइलो यात्राको सम्भावना पनि रहेको छ । धनको लाभ होला, तर आज कुनै पनि नयाँ काम नथाल्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश होला । रसरागका कार्यक्रममा आकर्षण रहनेछ ।
मीन
सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा खास ध्यान राख्नुहोला । प्रेम सम्बन्धमा खटपन या चिसोपन पैदा हुनसक्छ । यात्रागत कार्य भने बन्ने दिन छ ।