लागू औषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

0 Shares

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका ११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका १ शनिबारेबाट दुई, सुनसरीको कोशी गाउँपालिका १ लौकहीबाट तीन, धरान उपमहानगर ११ बाट एक र मध्यपुरथिमि नगरपालिका १ मनोहराबाट दुई जनालई पक्राउ गरिएको हो ।

उनीहरुमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नगद लागुऔषध जोख्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ ।

यसैगरी, कोहलपुर नगरपालिका १० चडिण्डका टोलबाट एक, पोखरा महानगर २५ याम्दीबाट एक र सिम्रौगढ नगरपालिका ३ भट्टीवैरियाबाट दुई, नेपालगन्ज उपमहानगर १३ लालापुरबाट एक जनालाई पक्राउ गरेको हो । उनीहरु बुधबार पक्राउ परेका हुन् ।

सम्बन्धित समाचार