0
Shares
हुम्ला । नेपाल साल्ट ट्रेडिङले ताँजाकोट गाउँपालिकामा नुन बिक्रीवितरण गरेको छ ।
स्थानीय बासिन्दालाई घरदैलोमै गएर नुन बिक्री वितरण गरेको नेपाल साल्ट ट्रेडिङ शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए ।
उनका अनुसार चङ्खेली गाउँपालिकामा ४३१ क्विन्टल, सर्केगाड गाउँपालिकामा ४७० क्विन्टल, नाम्खा गाउँपालिकामा ६३० क्विन्टल नुन बिक्री वितरण गरिएको छ ।
जिल्लामा झण्डै छ महिनापछि नुन आपूर्ति भएपछि सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकास्थित साल्ट ट्रेडिङको शाखा कार्यालयबाट नुन बिक्री वितरण गरिएको हो ।
तत्काल एक हजार ५०० क्विन्टल नुन आएपछि आर्थिक वर्ष २०८३/८४ का लागि ६ हजार १३० क्विन्टल माग गरिएको शाखा प्रमुख लामाले जानकारी दिए ।