0
Shares
काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको १ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ९४ हजार ५०० रुपैयाँ रहेकोमा आज बिहीबार २ लाख ९२ हजार ७०० रुपैयाँमा झरेको छ ।
तोलाको १०५ रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ८१० रुपैयाँ कायम भएको छ ।