डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

0 Shares

सुनसरी । इटहरी उपमहानगर ४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका २ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले राससलाई जानकारी दिए ।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो । सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

सम्बन्धित समाचार