किष्ट टिचिङ हस्पिटलको कीर्तिमान: १५औँ कलेजो प्रत्यारोपण सफल

0 Shares

काठमाडौं । किष्ट टिचिङ हस्पिटलले अंग प्रत्यारोपण सेवामा उल्लेखनीय सफलता हासिल गर्दै १५औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। यस उपलब्धिसँगै अस्पतालले नेपालमै उच्च सफलता दर कायम गरेको दाबी गरेको छ।

अस्पतालका अनुसार सन् २००६ देखि निरन्तर बहुविशेषज्ञ सेवा दिँदै आएको किष्टले कलेजोसँगै मिर्गौला प्रत्यारोपणमा पनि उल्लेखनीय प्रगति गरेको छ। हालसम्म १९८ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

यसपटकको प्रत्यारोपण मानवीय दृष्टिले अझ विशेष रह्यो। छोरीले आफ्नै बुबालाई मिर्गौला दान गर्दै जीवनदान दिएको घटनाले पारिवारिक सम्बन्ध, माया र समर्पणको गहिरो सन्देश दिएको अस्पतालले जनाएको छ।

KIST Gastro Center का अनुभवी सर्जन, अत्याधुनिक उपकरण र समर्पित मेडिकल टिमको सहकार्यले जटिल शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न हुँदै आएको छ। अस्पताल प्रशासनले प्रविधिको प्रयोग, निरन्तर सुधार र विशेषज्ञहरूको टिमवर्ककै कारण यो उपलब्धि सम्भव भएको जनाएको छ।

अस्पतालले यस सफलताले भविष्यमा अझ धेरै बिरामीको जीवन बचाउने प्रेरणा मिलेको उल्लेख गर्दै अंग प्रत्यारोपण क्षेत्रमा आफूलाई अग्रणी संस्थाका रूपमा स्थापित गरेको दाबी गरेको छ।

सम्बन्धित समाचार