रुखबाट लडेर वृद्धको मृत्यु

0 Shares

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका ६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो ।

सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खखेका थिए । उनी जिल्लाका अग्रणी किसान थिए ।

सम्बन्धित समाचार