0
Shares
काठमाडौं । अस्ट्रेलियामा बीवाईडीको कार बिक्री १ लाख पार भएको छ।
पहिलो कार डेलिभरी गरेको साढे ३ वर्षमा बीवाईडीले अस्ट्रेलियामा यस्तो सफलता पाएको हो।
बीवाईडी अस्ट्रेलियाले १ लाख बढी नयाँ डेलिभरी गरेको घोषणा गरेको छ। मार्च २०२५ मा ४० हजार बिक्रीको उत्सव मनाएको १२ महिनामै यस्तो सफलता पाएको कम्पनीले जनाएको छ।
अस्ट्रेलियामा सन् २०२२ मा पहिलोपटक बीवाईडी अट्टो ३ लन्च गरिएको थियो। अहिले अस्ट्रेलियामा कम्पनीले आफ्ना ६ वटा ईभी मोडल र पाँचवटा प्लगइन हाइब्रिड मोडल पुर्याइसकेको छ।