सुनको भाउ लगातार घट्दै, मंगलबार प्रतितोला कति ?

0 Shares

काठमाडौँ । सुनको भाउ लगातार घटेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ मंगलबार प्रतितोला ७०० रुपैयाँ घटेको हो ।

मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन १ लाख ३७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३४३ दशमलव ७२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ४५ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार