कोशीमा एमालेका मुख्यमन्त्री कार्कीको विपक्षमा शून्य मत

0 Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।

आइतबार कोशी प्रदेशसभामा कार्कीले‌ आफूले पुनः नेतृत्व गर्ने अवसर पाएको भन्दै एउटा प्रक्रियाबाट आफू मुख्यमन्त्री बनेको दाबी गरे ।

मत विभाजनमा कार्कीले राखेको विश्वासको मतको पक्षमा ५७ मत परेको थियो । विपक्षमा मत कुनै मत परेन । तटस्थमा पाँच मत परेको थियो ।

कार्कीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका थिए । कांग्रेसले आजको बैठक बहिष्कार गरेको थियो ।

सम्बन्धित समाचार