0
Shares
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।
बैंगलुरुले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र बनाएको थियो । यसअघि बैंगलुरुले पहिला ब्याटिङ गर्दै २० ओभरमा नौ विकेट गुमाउँदै १८७ रन बनाएको थियो ।
यो जितपछि बैंगलुरुको १३ खेलमा १२ अंक भएको छ । अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । अब बैंगलुरुले आफ्नो अन्तिम खेल शनिबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।
त्यसैगरी दिल्ली क्यापिटल्सको यो हारपछि प्लेअफको सम्भावना मुस्किल बनेको छ । दिल्लीको १३ खेलमा १२ अंक रहेको छ । यो टोलस् छैटौं स्थानमा रहेको छ । अब दिल्लीले आफ्नो अन्तिम खेल मंगलबार लखनउसँग खेल्ने छ ।