काठमाडौं । इरानस्थित भारतीय दूतावासले दूतावाससँगको समन्वयमा भारतीय नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आह्वान गरेको छ ।
दूतावाससँग पूर्व परामर्श र समन्वय बिना अन्तर्राष्ट्रिय सीमामा पुग्ने प्रयास नगर्न सुझाव दिँदै दूतावासका आपतकालीन नम्बरसमेत सार्वजनिक गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताको युद्ध विरामको घोषणा गर्दै इरानको १० बुँदे प्रस्ताव बमोजिम इरानमाथि बम विस्फोट र आक्रमण अभियान स्थगित गर्ने घोषणा गरेपछि यो आह्वान आएको हो ।
इरानले विज्ञप्ति जारी गर्दै अमेरिकाको आक्रामकता बिना हर्मुजमा इरानको नियन्त्रणको निरन्तरताका साथै महत्त्वपूर्ण विश्वव्यापी तेल निर्यात विन्दुसहित प्रमुख सिद्धान्तमा प्रतिबद्ध हुने अपेक्षा गरिएको छ ।
सबैभन्दा महत्त्वपूर्ण बुँदामा इरानको आणविक कार्यक्रमको विषय हो । जुन लामो समयदेखि दुई राष्ट्र र अन्तर्राष्ट्रिय समुदायबीच विवादको केन्द्र विन्दु बनेको छ ।