0
Shares
काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँ बढ्दा चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।