काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ८ एआईजी सरुवा गर्दा केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को जिम्मेवारी उमाप्रसाद चतुर्वेदीले पाएका छन् मन्त्रिपरिषद् सचिवालय स्रोतका अनुसार सीआईबी प्रमुखको जिम्मेवारीमा रहेका अर्का एआईजी ड. मनोजकुमार केसी हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभाग सरुवा भएका छन् ।
प्रहरीको काठमाडौं उपत्यका कार्यालय प्रमुखमा अर्का एआईजी सुशीलसिंह राठौर सरुवा भए । त्यहाँका प्रमुख एआईजी ईश्वर कार्की हेडक्वार्टरको मानवस्रोत विभाग सरुवा भएका छन् ।
हाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी सिद्धीविक्रम शाह हेडक्वार्टरको अपरेशन विभाग सरुवा भएका छन् । प्रतिष्ठानमा अर्का एआईजी राजन अधिकारी सरुवा भए ।
हेडक्वार्टरभित्रैको प्रदेश समन्वय विभागबाट एआईजी डम्बरबहादुर विक प्रशासन विभागमा र प्रशासनबाट एआईजी हिमालय श्रेष्ठ प्रदेश समन्वयमा परस्पर सरुवा भएका छन् ।