पेट्रोलियम पदार्थमा भारी गिरावट हुँदा जम्मा दुई प्रतिशते घट्यो सार्वजनिक भाडा

0 Shares

काठमाडौं । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडादर बिहीबारदेखि लागू हुने गरी दुई प्रतिशतले घटाएको छ ।

विभागले आज सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडा दुई प्रतिशतले घटाइएको हो । विभागले पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो ।

गत असार १७ गतेदेखि भने १९३ रुपैयाँ ८३ कायम भएकाले स्वचालित प्रणालीअनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ । यसअघि विसं २०८३ वैशाख १२ गतेको मन्त्रिस्तरको निर्णयअनुसार सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा पाँच प्रतिशतले वृद्धि गरेको थियो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले विभागले सार्वजनिक यातायात र मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाएको जानकारी दिए ।

सम्बन्धित समाचार