0
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढेको हो ।
महासंघका आज सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।