किन पक्राउ परे पत्रकार खेम भण्डारी?

0 Shares

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार उनलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भण्डारीविरुद्ध गाली गलौजसम्बन्धी मुद्दा अदालतसम्म पुगेको थियो । उक्त मुद्दामा अदालतले ७ दिन कैद सजाय र जरिवानाको फैसला गरेको थियो ।

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयन गरिने छ ।

सम्बन्धित समाचार