द्वन्द्व अन्त्य गर्न इरान तयार, अमेरिकाले मान्नु पर्छ यी ६ सर्त

0 Shares

काठमाडौं । इरानले अमेरिका-इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व योजनाबद्ध, बहु चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि ६ वटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

नाम नबताउने सर्तमा ती अधिकारीले भने, ‘महिनौँ पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ ।’ इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानमा आक्रमण गरेपछि चाँडै युद्धविराम हुने अपेक्षा नगरेको उनको भनाइ थियो ।

तेहरानले कुनै पनि सम्झौताअघि नयाँ आक्रमण नहुने सुनिश्चितता, यस क्षेत्रमा अमेरिकी आधार बन्द गर्ने, इरानलाई क्षतिपूर्ति, क्षेत्रीय मोर्चामा शत्रुताको अन्त्य, ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ कानुनी ढाँचा र इरानप्रति शत्रुतापूर्ण मानिने मिडिया र व्यक्तित्वविरुद्ध कानुनी कारबाहीसहित पूरा गर्नुपर्ने सर्त राखेको छ ।

फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य इरानी शहरहरूमा संयुक्त आक्रमण गर्दा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डर र नागरिकहरू मारिएका थिए । इरानले यसको इजरायल र मध्यपूर्वमा अमेरिकी आधार र सम्पत्तिलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणको श्रृङ्खलासहित प्रतिक्रिया दिएको थियो ।

सम्बन्धित समाचार