इजरायली प्रधानमन्त्रीले भनेः मन जिउँदै छु, मृत्युको खबर हल्ला मात्रै

0 Shares

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफू जिउँदै रहेको बताउँदै आफ्नो मृत्युको हल्लालाई अस्वीकार गरेका छन् । उनले बिहीबार राति अबेर पत्रकार सम्मेलन गर्दै घोषणा गरे, ‘म जीवित छु ।’

नेतान्याहूले दाबी गरेअनुसार युद्धको २० दिनमा इरानसँग युरेनियम समृद्ध गर्ने वा ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने क्षमता ध्वस्त भएको छ ।

उनले भने, ‘हामी जितिरहेका छौँ, र इरान ध्वस्त हुँदै छ, हामीले १०० भन्दा बढी इरानी क्षेप्यास्त्र प्रक्षेपकहरू, साथै धेरै हतियार उत्पादन गर्ने कारखानाहरू ध्वस्त पारेका छौँ ।’

उनले थप भने, ‘हामी इरानमा व्यापक आक्रमण गर्दै छौँ, र यसले अब संसारलाई ब्ल्याकमेल गर्न सक्दैन, यसको नेतृत्व सकिएको छ ।’

सम्बन्धित समाचार