आज मिति २०८२ चैत ४ गते बुधबार । सन् २०२६ मार्च १८ तारिख । नेपाल सम्बत ११४६ चिल्लागा चतुर्दशी तिथि । आज बिहान ६ बजेर १२ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर १४ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
दिन चुनौतीयुक्त रहने देखिन्छ । विशेष काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । मातापिता र सन्तानसँग मतभेद बढ्ने देखिन्छ । पढाइलेखइमा अवरोध आउने योग छ । आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ ।
बृष
बौद्धिक रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्ने समय भएपनि धार्मिक कार्यमा खासै मन जानेछैन । कसैबाट विश्वासघात हुनसक्ने भएकोले गोपनीयतामा एकदमै सावधान रहनुपर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने प्रक्रियामा अनुकुलता बढ्नेछ । पति(पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने योग छ ।
मिथुन
शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । शैक्षिक उन्नतिका अवसरहरू मिल्नेछन् । वैदेशिक कार्यहरू पनि सुचारु भएर जाने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । आयस्रोत बढ्नुका साथै मिठो भोजन प्राप्त होला । यात्रागत कार्य सार्थक रहनेछ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ ।
कर्कट
मिश्रित फलदायी दिन छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुने समय छ । साहसिक काममा आकर्षण रहला । स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्छ, खानपानमा सजक रहनुहोला । गोपनियतामा निरन्तर कायम रहनु हितकर हुनेछ ।
सिंह
उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । नयाँ कामहरू पाउने योग छ । आफन्तको साथ मिल्ने छ ।
कन्या
आजको दिन समाजसेवा तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । मिष्ठान्न भोजनको अवसर प्राप्त हुन सक्छ । कृषिकार्यमा केही समस्या देखिए पनि राम्रै धन आर्जन हुने समय छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । विशेष योजनाप्रति लगनशील बन्न नसक्दा आफ्नैबाट आलोचनाको शिकार हुने योग छ ।
तुला
बलभन्दा बुद्धिको काममा जोड दिनुपर्ने समय छ । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने सम्भावना छ । नगद सहयोग गर्न बन्द गर्नु हितकर होला । विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिने छ । जोखिम बढ्नेछ तर राम्रै फाइदा होला ।
वृश्चिक
कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय भएपनि आम्दानी सीमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ । प्रेम प्रसङ्गअघि बढ्दा अध्ययन कार्यमा केही कमी आउन सक्ने देखिन्छ, ध्यान राख्नुहोला । निको भइसकेको रोगले पुन सताउने योग छ ।
धनु
बोलीको भरमा काम बन्ने दिन छ तर जोश जाँगरले साथ नदिँदा समयमा कार्य सम्पादन नहुन सक्छ । निर्णायक क्षमतामा कमी आउला । पति(पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापार व्यवसायमा आंशिक सफलता प्राप्त होला । आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने योग रहेकोले सजगताको दरकार छ ।
मकर
अरुको विश्वास सजिलै जित्न सकिने समय छ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । तर, हाड जोर्नीको समस्याले सताउने देखिन्छ । धार्मिक कार्यमा खासै रुचि नहोला । खर्च केही वृद्धि हुनेछ ।
कुम्भ
घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनसक्ने समय छ । पति पत्नीबीच विवाद बढ्ने देखिन्छ, तर अतिरिक्त प्रेम(प्रसङ्गले सुखदानुभूति गराउनेछ । बोलीको गलत अर्थ लाग्नाले वादविवादको योग छ । सहयोगीहरू टाढिन सक्छन्, ध्यान राख्नुहोला ।
मीन
बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भइ आफ्नो कार्य अघि बढाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । वैदेशिक कार्यहरू अगाडि बढ्नेछन् । तर, खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने सम्भावना छ, सावधानी अपनाउनुहोला । भेटघाटको अलमलले आजको योजना बिग्रन पनि सक्छ, ध्यान राख्नुहोला ।