फागुन २९ गते तपाईंको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८२ फागुन २९ गते शुक्रबार । सन् २०२६ मार्च १३ तारिख । नेपाल सम्बत ११४६ चिल्लागा दशमी तिथि । आज बिहान ६ बजेर १८ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ११ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

दीगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने समय छ । रोकिएका काम बन्नेछन् तर काम बोझिला काम या जिम्मेवारी थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउने योग छ । रसरागको क्रियाकलापमा आकर्षण बढ्ला ।

बृष

मान सम्मान र प्रतिष्ठा कमाउने समय छ । सहयोगी जुट्नाले काममा उत्साह थपिएला । खर्च केही बढे पनि रमाइलो यात्राको अवसर जुट्न सक्छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने योग छ । आम्दानी र आनन्द बढ्नेछ । आरोग्यता रहला । मित्रजनको सहयोगबाट रोकिएको काम बन्ने छ ।

मिथुन

अलिक प्रतिष्पर्धा गर्नुपरेपनि कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने समय छ । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रै फाइदा होला । शुभचिन्तकहरूले साथ दिनाले आँटेका काम पूरा हुनेछन् । दिनेछन् । विशेष योजना कार्यान्वयनमा केही चुनौती र प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिन्छ ।

कर्कट

सामाजिक प्रतिष्ठा मिल्ने र गरेका कामको प्रशंसा हुने समय छ । आफन्तसुख बढ्ने एवम् बौद्धिक तथ रचनात्मक काममा विशेष सफलता मिल्ने देखिन्छ । तथापि, केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिएर समस्या उत्पन्न गर्न सक्छन् ।

सिंह

सहयोगीको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनसक्ने समय छ । व्यापार–व्यवसायमा पनि फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । कृषि तथा पशुपालनमा विशेष अवसरले पछ्याउने योग छ । प्रेमभाव वृद्धिका साथै दाम्पत्यसुख बढ्नेछ । रोकिएको काम अघि बढ्ला । यात्रा सफल र सार्थक रहनेछ ।

कन्या

चुनौतीयुक्त दिन छ । ब्यर्थको भेटघाटमा अल्मलिनाले कामलाई बाधा पुग्ने सम्भावना छ । घरायसी समस्याले पनि सताउला । आकस्मिक खर्च बढ्नेछ भने अर्थ अभावका कारण बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग छ, ख्याल राख्नुहोला । कामको चाप पनि बढ्ने देखिन्छ ।

तुला

आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । तथापि, आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने योग छ । प्रतिकुलतामा पनि आत्मविश्वास कायम रहनाले सफलता र विजयले पछ्याउने छ ।

वृश्चिक

आँटेका काम मुस्किलले मात्र बन्ने दिन छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । आर्थिक अभावले काम रोकिन सक्छ । भौतिक साधनको क्षति हुने योग छ । पठनपाठनमा खासै ध्यान दिन सकिनेछैन । नियमित काममा पनि केही चुनौती देखापर्नेछन् । खेलकुद, भ्रमणादिमा आकर्षण बढ्नेछ । खर्च वृद्धि हुने योग रहेकोले योजना र बजेट बनाएर मात्र आर्थिक व्यवहार गर्नुहोला ।

धनु

आजको दिन दीगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । रोकिएका काम बन्नेछन् भने श्रमको उचित मूल्य प्राप्त हुने देखिन्छ । लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउने सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । आज खर्च भने केही बढ्ने सम्भावना छ ।

मकर

समय केही चुनौतीयुक्त रहने देखिन्छ । अरूका काममा समय खर्चनुपर्ला । हतारको निर्णयले परिणाममा धोका दिन सक्छ, संयमताको दरकार छ । स्वास्थ्य केही कमजोर रहनसक्छ । स्वास्थ्यगत प्रतिकुलताका बाबजुद काममा परिस्थितिले साथ दिनेछ । यात्रागत कार्यमा सफलता मिल्ने छ ।

कुम्भ

रोकिएको काम बन्ने र व्यावसायिक काममा राम्रै फाइदा हुने समय छ । सहयोगीहरूले साथ र हौसला दिनेछन् भने प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । व्यावसायिक कामका लागि टाढाको यात्रा हुने सम्भावना छ । खर्चमा केही बढोत्तरी हुनसक्ने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ । मिष्ठान्न भोजनको अवसर जुर्ला ।

मीन

व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा हुनसक्ने र व्यवसायबाट सोचेअनुसार लाभ मिल्ने देखिन्छ । बोली र व्यवहारको माध्यमबाट अरूको मन जितेर अवसर हात पार्न सकिने योग छ । आयआर्जनको दृष्टिले राम्रो दिन भएपनि आज चोटपटकको भय हुनाले सावधानी अपनाउनु होला ।

सम्बन्धित समाचार